अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराबाट अर्काको नाममा चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेका नक्कली परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्यालङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका १ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका ६ का ३३ वर्षीय गगन शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक चेकजाँच गर्दा पाठकको नागरिकतामा शाहीले फोटो टाँसेर ट्रायल परीक्षा दिएको पाइएको थियो ।
शाहीमाथि लिखत सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अगाडी बढाइएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक