ममाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छु : ल्हारक्याल लामा
काठमाडौँ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुनेगरी लुम्बिनी विकास कोषमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाइ पाएको पनि पटकपटक दोहो¥याए । उनले भने, ‘हुँदै नभएको र गर्दैै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ । बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छु भने ममाथि लगाइने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटै गर्नेछु । लुम्बिनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गरे । त्यसक्रममा उनले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आभार व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु