आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

सोमबार, २२ साउन २०८०, १७ : २८
सोमबार, २२ साउन २०८०

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍याली सम्पन्न गरेको छ ।
बीमा सचेतनाका लागि आयोजना गरिएको र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाको सहभागिता रहेको थियो । 

पोखराको बाराहीघाटबाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो । 
उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुने कम्पनीले आपेक्षा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप