सभ्यता र संस्कृति जोगाउनमा जोड

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चाडपर्व देशको सभ्यता र संस्कृतिका आधार भएकाले यसलाई जगेर्ना गर्नुपर्ने बताएकी छिन् ।
नेपाल चित्रगुप्त महिला समितिले आयोजना गरेको “तराई मधेसका पर्वहरु” विषयक् अन्तरक्रिया कार्यक्रममा उनले उक्त धारणा राखेकी हुन् । सबै सभ्यता र संस्कृतिको मूल प्रकृतिबाट निस्केको बताउँदै उनले विकासका नाममा धेरैले आफ्ना पर्वहरुको मर्म बिर्सिरहेको बताइन् । यहाँका संस्कृति तथा पर्वलाई संरक्षण गर्न संस्कृतिविद्हरुलाई उनले आग्रह गरिन् ।
मधेसी आयोगका अध्यक्ष डा.विजय दत्तले आफ्नो संस्कृति र सभ्यतालाई बिर्सन नहुने कुरामा जोड दिए । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले छठ पर्व तराईबाट पहाड र राजधानीमा विस्तार भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
संस्कृतिविद् डा.रामदयाल राकेशले पनि तराई–मधेसका पर्वहरुलाई संरक्षण गर्न आवश्यक रहेको कुरामा जोड दिए । कुनै पनि संस्कृति र सभ्यता देशको पहिचान रहेको बताउँदै उनले त्यसको संरक्षण गर्नु राज्यको पनि दायित्व रहेको बताए । कार्यक्रम नेपाल चित्रगुप्त महिला समितिका अध्यक्ष वीणा सिन्हाको अध्यक्षतामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती