४ बजेका लागि बोलाइयो प्रतिनिधिसभा बैठक
सोमबार, २२ साउन २०८०, १५ : ३९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति नजुटेका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
१ बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुख देवराज घिमिरेले सभाको बैठक दिनको ४ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने एमालेको अडान र समिति गठन गर्न सरकार तयार नभएका कारण प्रतिनिधिसभाको बैठक सहज रुपमा सूचारु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?