सांसदहरु बानेश्वरमा : सभामुख, प्रधानमन्त्री र दलका मुख्य नेता सिंहदरबारमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरु छलफल गरिरहेका छन् । यता संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा रहेका छन् ।
सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट तस्करीको सुन भित्रिएको विषयमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्दै गत साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेको थियो । त्यसयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने