मेसीले इन्टर मियामीलाई लिग्स कपको क्वार्टरफाइनलमा पुर्याए

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि हारतर्फ उन्मुख रहेको इन्टर मियामी लिग्स कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । इन्टर मियामी सोमबार खेलिएको खेलमा एफसी डालासलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको प्रारम्भमै मेसीले इन्टर मियामीका लागि पहिलो गोल गरेका थिए । उनले खेलको छैटौं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि इन्टर मियामी दबाबमा परेको थियो ।
खेलको ३७ औं मिनेटमा एफसी डालासका लागि फाकुन्डो क्विगननले पहिलो गोल गरेका थिए । ४५ औं मिनेटमा बेनार्ड कामुन्गोले एफसी डालासलाई २—१ गोलले अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा एलन भेलास्कोले एफसी डालासका लागि तेस्रो गोल थपेपछि इन्टर मियामी ३—१ ले पछाडि पर्यो ।
त्उपछि खेलको ६५ औं मिनेटमा बेन्जामिन क्रेमास्चीले इन्टर मियामीका लागि दोस्रो गोल गरे । खेलको ६८ औं मिनेटमा इन्टर मियामीका रोबर्ट टेलरबाट आत्मघाति गोल भयो । त्यतिबेलासम्म एफसी डालास ४—२ गोलले अगाडि थियो ।
खेलको ८० औं मिनेटमा एफसी डालासका मार्को फार्फनबाट आत्मघाति गोल भयो । खेल अन्तिमतिर पुगिसक्दा पनि एफसी डालास ४—३ गोलले अगाडि थियो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि मेसीले आकर्षक गोल गरे । उनले फ्रिकिकमार्फत उक्त गोल गरेका थिए ।
मेसीको सोही गोलका कारण निर्धारित समयको खेल ४—४ को बराबरीमा सकियो । त्यसपछि पेनाल्टी सुटआउटमा इन्टर मियामीले बाजी मार्यो । पेनाल्टी सुटआउटमा इन्टर मियामीले एफसी डालासलाई ५—३ गोलले पराजित गर्यो ।
पेनाल्टी सुटआउटमा पनि मेसीले गोल गरेका थिए । मेसीले इन्टर मियामीका लागि हालसम्म चार खेल खेलेका छन् । उनले क्लबका लागि सात गोल गरिसकेका छन् । मेसीले खेलेको सबै खेलमा इन्टर मियामी विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४-४ को बराबरीमा टुंगियो खेल