र्याम्पमा प्लास्टिकका आकर्षक फेसन प्रदर्शन (फोटो फिचर)

काठमाडौँ । मनसुनको समयलाई मध्यनजर गर्दै राजधानीमा प्लास्टिकबाट निर्माण भएका पहिरनको फेसन शो आयोजना गरिएको छ । २० मोडलहरूले प्लास्टिकका मनमोहक पहिरन र्याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए । रेनकोट, विजवेयर र गाउन गरेर तीन सिक्वेसनमा मोडलले बिभिन्न आकर्षक फेसन प्रदर्शन गरेका थिए ।
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मनसुन फेसन परेड’ नाम दिएर फेसन शो गरेको हो । कुलेस्वरस्थित भिजननोभा मल्टिप्रपोजको हलमा आयोजना भएको फेसन शोमा ‘मिस ग्ल्याम वर्ल्ड’को फष्टरनर अप आयुसा प्याकुरेल र ‘मिस वल्र्ड टुरिजम’ सजिना खनाल शो पटरका रुपमा रहेका थिए ।
शोमा नेपालको स्थापित फेसन इन्स्टिच्युट सिआइएफटीको प्रोफेसनल डिजाइनरहरूले तयार पारेका आकर्षक डिजाइन सहभागी थियो । करिब ६ घण्टासम्म चलेको शोमा गाउन सिक्वेलमा उत्कृष्ट ड्रेसको प्रतिस्पर्धा समेत राखिएको थियो । उक्त प्रतिस्पर्धामा डिजाइनर अनिता स्त्री उत्कृष्ट डिजाइनर भएकी छन् ।
रोमिक खड्गीको कोरियोग्राफी रहेको फेसन शोको आयोजना तथा म्योनेजमेन्ट इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारको रहेको थियो ।
‘फेसन शोको उदेश्य नेपाली फेसन प्रेमीहरूलाई नयाँ र आकर्षक पहिरनको जानकारी गराउने रहेको तण्डुकारले बताए ।
शोमा चर्चित गायक कमल खत्री, बिनोद ढकाल, नरेश सिंह, वैबा उर्गेन लगायतको सांगीतिक प्रस्तुति रहेको शोमा डिजे रे र डिजे पपाजले डिजे सेसन मार्फत सबैलाई नचाएका थिए भने शोको संचालन सेसेमी लिम्बुले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने