योगी आदित्यनाथमाथि अभद्र टिप्पणीको आरोपमा ह्वाट्सएप ग्रुपका एड्मिन पक्राउ
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध ह्वाट्सएप ग्रुपमा अपमानजनक टिप्पणीपछि ग्रुपका एड्मिनलाई पक्राउ गरिएको छ । कोतवाली पुलिस स्टेसनका इन्चार्ज अजय कुमार सेठले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा योगी आदित्यनाथबिरूद्ध गरिएको टिप्पणी अगस्ट ४ मा सोसल मिडियामा भाइरल भएको थियो ।
पक्राउ पर्ने व्यक्ति शाहबुद्दीन अन्सारी हुन् भने टिप्पणी गर्नेको नाम मुस्लिम अन्सारी हुन् । उनी अझै प्रहरीको नियन्त्रणभन्दा बाहिर छन् । अजय कुमार सेठले प्रहरीलाई अगस्ट ४ मा ट्विटरमा यसबारे उजुरी आएको बताए । अपमानजनक टिप्पणीको स्क्रिनसट पनि प्रहरीले प्राप्त गरेको छ ।
उजुरीको आधारमा, शाहबुद्दीन अन्सारी र मुस्लिम अन्सारी विरुद्ध आइपिसी र आइटी ऐनका विभिन्न धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको थियो ।
प्रहरीका अनुसार ह्वाट्सएप ग्रुपको नाम ‘नगर पालिका परिषद् भदोही’ हो, जसमा भदोही नगरपालिका परिषद्का लगभग हरेक सदस्य उपस्थित छन् । यस समूहको उद्देश्य आम जनताले सामना गर्ने समस्याको समाधान गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले आज थाइल्यान्डसँग खेल्दै
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
-
६ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९