सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्ड

लण्डन । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको खेलमा आर्सनल पेनाल्टी सुटआउटमा ४–१ गोलले विजयी भएको हो ।
निकै निरस बनेको खेलको ७७ औँ मिनेटमा कोली पाल्मरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटी जीततर्फ अघि बढिरहँदा इन्जुरी समयको १०१ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले आर्सनलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जसमा केभिन डी ब्रयेनाको प्रहार क्रसबारमा लाग्यो भने रोड्रीको प्रहार गोलकिपरले बचाऊ गरे । त्यसपछि फाबियो भिएराले गोल गर्दै आर्सनलका लागि उपाधि सुनिश्चित गरे ।
गत सिजन आर्सनल २४८ दिनसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहेर पनि अन्त्यतिर लिग गुमाउनु पुगेको थियो । सिटीले आर्सनललाई उछिन्दै लिगसहित च्याम्पियन्स लिग र एफए कप जित्दै ट्रेबल पुरा गरेको थियो ।
सिटीले पछिल्ला तीन कम्युनिटी शिल्डको उपाधि गुमाएको छ । यद्यपि, ती सबै सिजनमा उसले प्रिमियर लिगको उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?