कवि ठाकुरप्रसाद खतिवडाको ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण
आइतबार, २१ साउन २०८०, २१ : १४
काठमाडौँ । कवि ठाकुरप्रसाद खतिवडाको ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो ।
संग्रहमा कवि खतिवडाले बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका समसामयिक विषय समेटेका छन् ।
कार्यक्रममा बोल्दै साहित्यकार ठाकुर शर्मा भण्डारीले सरल भाषामा लिपिबद्ध कविता संग्रहमा नेपाली समाज र समाजभित्रका अनेकन आयामलाई लेखकले समावेश गरिएकाले पुस्तक ‘तमोर सुसाउँदा’ पाठकका लागि उत्कृष्ट हुने बताए । उनले कविता संग्रहमा पारिवारिक विषयलाई प्राथमिकता दिएकाले पाठकको मन जित्ने बताए ।
कक्षा ५ सम्मको औपचारिक अध्ययन गरेका लेखक खतिवडाले पुस्तकमा आफूलाई डिग्री हासिल गरे बराबर प्रस्तुत गर्न सकेको प्रतिक्रिया पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ