सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइतबार, २१ साउन २०८०, २० : ५६
आइतबार, २१ साउन २०८०

काठमाडौँ । चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बीच कलेजले विद्यार्थीहरूका लागि कलेजबारे जानकारी गराएको हो । 

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी ऋषि धमला, हास्य कलाकार सन्दिप क्षेत्री र गायक अमर अनुराग श्रेष्ठ विशेष अतिथिका रूपमा रहेका थिए । 

कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थीसहित कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले कार्यक्रमको उद्देश्य र गरिने क्रियाकलापहरू बारे प्रस्ट पारे । कलेजले हाल सञ्चालनमा रहेका विषयहरू पनि फरक हिसाबले पढाई रहेको र छिटै ब्युटी र कस्मेटिक्स लगायत नयाँ विषयहरू सुरु गर्न लागेको उनले जानकारी दिए । कलेजले आफ्नो नारा जस्तै सीपमूलक शिक्षामा जोड दिएको भन्दै उनले अबको शिक्षाको सफलता जिपिएले निर्धारण गर्ने नभई सीपले गर्ने बताए। श्रेष्ठले मनास्लुमा भर्ना भएका विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

FOTO-GHAR-128

मनास्लुमा अध्ययन गर्दै गर्दाको आफ्नो अनुभव बाँड्दै कक्षा १२ की छात्रा रित राणाले मनास्लुले आफ्ना लागि जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको बताइन् । एउटा कलेजमा हुनुपर्ने सबै पक्ष उतिकै अब्बल रहेको मनास्लुमा पाइने विशेषता अन्त पाउन कठिन हुने उल्लेख गरेकी उनले मनास्लु काठमाडौँकै उत्कृष्ट कलेज भएको बताइन् ।

कार्यक्रममा विशेष प्रस्तुति राखेका हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो कलाकारिता यात्राको सुरुवाती दिन देखिका क्षणहरू स्मरण गरे। उनले हास्य रस मार्फत मनोरञ्जन दिनुका साथै विद्यार्थीहरूलाई उत्प्रेरणा पनि प्रदान गरे । उनको उपस्थितिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो ।

कार्यक्रम समापन गर्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति गेन्द्र लामाले मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा रहेको उल्लेख गरे । उनले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे । लामाले कलेजलाई विश्वास गर्ने ७०० भन्दा धेरै विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप