इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

रोम । इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले आइतबार जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार एउटा डुंगामा सवार करिब २८ जना समुन्द्रमा हराइरहेका छन् भने अर्को डुंगामा सवार तीन जना बेपत्ता भएका छन् ।
ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुंगा फलामका थिए ।
आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताहरूले जीवित व्यक्तिहरूसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताए ।
इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई समुद्र खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भएपनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन समुद्रको यात्रा गर्न लगाएको बताए ।
उनले इटालियन सञ्चारमाध्यमसँग भने, “यो समुद्रबाट यात्रा गर्न जसले अनुमति दिन्छ वा जबरजस्ती गर्छ, त्यो बेइमान, अपराधी वा पागल हो ।”
आगामी केही दिन मौसमको प्रतिकूलताका कारण अशान्त समुद्रको पूर्वानुमान गरिएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ