माओवादी बैठक
सकियो माओवादीको बैठक : गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलामको’ नारा
आइतबार, २१ साउन २०८०, १७ : २१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो ।
बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए ।
ुहामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भनेका थिए ।
त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।
बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद–जिन्दावाद’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व उठाउन पोखरा महानगरको बेवास्ता
-
महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : उपाध्यक्ष घिमिरे
-
४० प्रतिशत पनि राजस्व उठाउन सकिएको छैन
-
पोखरा महानगरको कर नीति प्रगतिशील छैन
-
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
-
फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य