सबै क्षेत्र मिलेर औद्योगिक र व्यवसायिक वातावरण बनाउनुपर्छ : चेम्बर

काठमाडौँ । मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सबै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको हो ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायित्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ ।’ उद्योग र व्यवसायको विकास मार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सबै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ । मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ ।
सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् । सञ्चार माध्यमको निष्पक्षतालाई निजी क्षेत्रले पथप्रदर्शकका रुपमा ग्रहण गर्ने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन