आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा अदीतिको बोल्ड अवतार

आइतबार, २१ साउन २०८०, १४ : ३९
आइतबार, २१ साउन २०८०

काठमाडौँ । बलिउड सेलिब्रेटी प्रायः छुट्टी मनाउन माल्दिभ्स पुग्छ । उनीहरु समुन्द्र लगायतका स्थानमा मस्ती गरेको तस्बिर सार्वजनिक गर्छन् । जसको चर्चा विश्वमा हुन्छ ।

माल्दिभ्स पछिल्लो समय नेपाली सेलिब्रेटीको पनि रोजाइमा पनि पर्न थालेको छ । बलिउड प्रवेशको लामो समयदेखि संघर्षरत अभिनेत्री अदीति बुढाथोकी पनि अहिले माल्दिभ्स पुगेकी छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा केही तस्बिर बोल्ड अवतारमा खिचाउँदै आफू माल्दिभ्स रहेको जानकारी दिएकी हुन् । तस्बिरमा उनको बोल्ड अवतार  समेत देख्न सकिन्छ । 

गतवर्ष फिल्म ‘बाबरी’ प्रदर्शनपछि मुम्बई रहँदै आएकी उनले केही हिन्दी म्युजिक भिडियो र बेव सिरिजमा समेत काम गरेकी छन् । उनको होम प्रोडक्सनमा फिल्म ‘बाबरी २’को समेत तयारी भइरहेको छ । जसको मुख्य अभिनेत्रीको रुपमा उनी आफै देखिनेछिन् ।

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसको करिब ५ वर्षपछि आफ्नै होम प्रोडक्सनको फिल्म ‘बाबरी’ अभिनय गरेकी हुन् । उनलाई नेपालका थ्प्रै म्युजिक भिडियोका अफर समेत मिल्ने गरेको छ । तर उनी नकार्दै आएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप