शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, २१ साउन २०८०, १४ : २८
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् ।
अध्यक्ष अग्रवाल गत शुक्रबार अर्थात् साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका थिए ।
कम्पनीका यसअघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी सञ्चालक समितिले रिक्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको थियो ।
नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपनडोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई