बिपाशा बसुकी छोरी देवीको मुटुमा थिए दुई वटा प्वाल, ६ घण्टाको शल्यक्रिया सम्झिँदै भइन् भावुक

बलिउड अभिनेत्री बिपाशा बसुले अघिल्लो वर्ष छोरी जन्माइन् । करण सिंह ग्रोवर र बिपाशा बसुको जीवनमा छोरीको आगमनले बहार ल्यायो । तर छोरी जन्मिएको तीन दिनपछि बिपाशाले आफ्नी छोरीको मुटुमा दुई वटा प्वाल भएको थाहा पाइन् ।
यो कुरा बिपाशाले नेहा धुपियासँगको कुराकानीमा खुलासा गरेकी छिन् । बिपाशाले नेहासँग अनलाइनमा कुरा गर्दा छोरी जन्म, मुटुमा दुई वटा प्वाल र ओपन हर्ट शल्यक्रियाबारे कुराकानी गरेकी छिन् । यति बेला उनी भावुकसमेत भइन् ।
उनले भनिन्, ‘छोरी जन्मिएको तीन दिनपछि छोरीको मुटुमा प्वाल छ भन्ने मैले थाहा पाएँ । यो यात्रा मेरा लागि निकै मुस्किल रह्यो । भलै आज मेरो अनुहारमा मुस्कान छ । तर त्यो मेरा लागि निकै कठिन समय थियो । मैले कहिल्यै यसबारे कुरा गर्दिनँ भन्ने सोचेको थिएँ तर मेरो यो यात्रामा मलाई धेरै आमाले सहयोग गर्नुभयो । ती आमालाई भेट्टाउन निकै गाह्रो छ । म ती सबै आमालाई धन्यवाद भन्न चाहन्छु ।’
उनले थपिन्, ‘भेन्ट्रिकुलर सेप्टल के हो भन्ने मलाई थाहा थिएन । हामीले यसबारे आफ्नो परिवारसँग पनि कुरा गरेकी थिइनँ । म र करण स्तब्ध भएका थियौँ । हामीलाई हरेक महिना स्क्यानका लागि आउनुपर्छ भनिएको थियो । सुरुवाती पाँच महिना निकै मुस्किल रह्यो किनभने उनको मुटुमा एउटा ठुलो प्वाल थियो । त्यसका लागि तीन महिना भित्र नै शल्यक्रिया गराउनु पर्ने थियो । म यसको लागि तयार थिएँ तर करण असाध्यै डराएका थिए । देवी ६ घण्टाका लागि अपरेसन थिएटरमा हुँदा मेरो जीवन रोकिएको जस्तो भएको थियो । मलाई पूर्ण विश्वास थियो कि शल्यक्रिया सफल हुनेछ । उनी आज पूर्ण रूपमा ठिक छिन् ।’
करण सिंह ग्रोवर र बिपाशा बसुले सन् २०१६ मा विवाह गरेका थिए । सन् २०२२ नोभेम्बर २२ मा यी दुईले देवी बसु सिंह ग्रोवरलाई जन्म दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय