अब वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ : वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन् । नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।
आइतबार राउण्ड टेवल नेपालले ‘एक लाख विरुवा रोपेको अवसरमा काठमाडौंको टेकुमा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्राङगणमा आयोजित विशेष कार्यक्रममा’ मन्त्री महतोले यस्तो बताएका हुन । सो अवसरमा उनले संस्थाले हरियाली देश बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा पनि गरे ।
उक्त अवसरमा काठमाडौं महानगर वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौं बनाउने उद्देश्यले १ लाख विरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भैरहेको स्पष्ट पारे ।
राउण्ड टेवल नेपालले विभिन्न स्थानमा एक लाख ८८ हजार विरुवा रोपण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार