अनिदो सहरका अतृप्त रहर
आँसुले भिजेको रात
अनि बिहानै बज्ने घण्टीको साथ
ऊ आई बिहानै गएको ठाउँबाट
आजको कर्तव्य सकाएर
जसरी
ऊ दुई तीन घण्टाको उकालो ओरालो छिचोलेर
भोको पेटमा ज्ञानको भारीले थिचिएर
आँगनमा आमाको थाकेको शरीरको बीचमा पनि
मुस्कान रूपी ममताका आँखा देख्दा
खुसीले गद् गद् भएर आफ्नो नित्यकर्म गर्न ।।
उसै गरी सपना देख्ने आँखाहरूले
अनि निश्चल मनहरूले थाहा पाएनन्
एक्कासि भविष्य बनाउन अँगालेको यो सहरमा
उराठ मनहरूको सामना गर्दै बाँच्नु पर्नेछ...
ईश्वर तिमीलाई चढाउने भेटीहरूले ती आफ्नाका अभिलाषा पूरा हुन सकेनन्
तिमीलाई चढाउने फूलहरूले ती आफन्तका मन जित्न सकेनन्
तिमीलाई बिसाउने ती व्यथाहरू
जोडिएका सम्बन्धहरूले कहिले बुझ्न चाहेनन् ।
तर ऊसँग पैसा थिएन, अभिलाषा थियो
ऊसँग न्यानो यथार्थ थिएन, मीठो सपना थियो
ऊसँग मातृको न्यानो माया थिएन
ईश्वरको आशीर्वाद थियो, केवल मृत्यु सागरमा तैरिएको एउटा मानव जिजीविषा थियो...
पुनः सुरुवात गरिएको कर्म क्षेत्रमा
ऊ हाजिर भई, नयाँ जोस उमङ्ग, हौसला लिएर
जहाँ अन्दाज गरिएको थिएन
धेरै वर्षको मेहनतपछि, आफ्नो मेहनतको फल स्वरूप सन्तानको खुसी साट्नको निमित्त सयौँ पटक रेटिएका मन मस्तिष्कहरूमा
पुनः नकाम प्रस्तुत गर्न एउटा कठोर हाकिम नामको राजनीतिक आगमन हुन्छ भन्ने कुराको ।
किनकि यो सहर हो
यहाँ यस्तै विकाउको जमाना छ
यहाँ दिन दहाडै शिक्षाको नाममा व्यापार भइरहेको हुन्छ
कालो कर्तुतहरू छोप्न मानिसहरू अरूको आत्मा रेटेर,
बिहानै पुग्छन् मन्दिरको घण्टी बजाउन र
ओकल्छन् आफ्ना देखावटी आडम्बरी अनि बर्साउँछन्
समाज सेवाको भाषण ।
हलभरी गुञ्जिन्छ तालिको वर्षात्
माला र अबिरले रँगिन्छन भ्रष्टाचारीका गाला।।
किनकि,
यो सहर यहाँ किनिन्छन् सम्बन्धहरू पैसामा,
बुहारीको हैसियत छुट्याइन्छ, ल्याएको दाइजोमा
कडा कडा संस्कारका पाठ पढाइन्छ घर घरमा
आफ्नै सन्तानको जब आउँछ पालो
परिमार्जित नियमहरू बनाइन्छन्
कुटिल शब्दका दिव्यज्ञान प्रवाह गनिन्छन्...
ओहो यो सहर
यहाँ निरीह हुन्छ निजी क्षेत्रको शिक्षक कर्मचारी
उसको ज्ञानले उसलाई नै धिक्कार्छ,
तब
जब एउटा ठुलो विद्यार्थी बधाई सभामा एउटा वर्षौं काम गरेको कर्मचारीलाई दोसल्ला किन्न हाकिम हिचकिचाउँछ ।
तर पनि त्यो मन्दिरको घण्टी उसैगरी बजिरहेछ
यो आफ्नो खुसीले बजेको छ कि यो मानिसले
आफ्नो कर्तुत छोप्न गएर घण्टीको शरण लिई रहेका छन् ?
पक्कै पनि यी मन्दिरको सहरमा बज्ने घण्टीहरूमा
अरूलाई विक्षिप्त बनाउनेहरूको हात नपरोस् ।
आफ्नै परिवेश र सम्बन्धहरू पनि किन्नुपर्ने यो सहरमा
त्यो गरिबी अवस्थाका आत्माहरूको पदचाप नपरोस् ।
देखावटी समाजसेवी तथा शिक्षाविद्हरू
आफ्नै देशको दूरदराजबाट आएका
शिक्षकहरू तिम्रा गुलाम होइनन्
तिम्रो व्यापारमा उनीहरूले अलिकति अधिकार माग्दा घाटा होला
तर तिमीले कुन समाजबाट उठाइरहेका छौ त निरङ्कुश हाकिम बन्ने औजार ?
यी हाम्रै देशका गहना हुन्
यी नेपाल आमाकै सन्तति हुन् ।
-भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक