बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह
आइतबार, २१ साउन २०८०, १२ : ०८

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।
‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल