रास्वपाले फिर्ता गर्यो विवादित एम्बुलेन्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।
रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।
विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो । लामिछानेको सचिवालयका सीइओ हेमन्त बरालले भने, ‘१० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने रैछ । एम्बुलेन्सको नाममा दर्ता भएको गाडी अर्को कुनै पनि प्रयोजनका लागि चलाउन पाउँदैन भन्ने कुरा आयो । हामीलाई सहयोग गर्ने संस्थाले फिर्ता पठाइदिन पत्र लेखेपछि हामीले फिर्ता पठाइदिएका छौं ।’
२०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।
सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए । बरालले भने, ‘हामीले जुन रंग परिवर्तन गरेका थियौं । त्यही रंग गर्नका लागि वर्कसप पठाइदिएका छौं । त्यसपछि त्यो फिर्ता हुन्छ ।’
उनका अनुसार नयाँ एम्बुलेन्स भाडामा लिएर आजबाटै पुनः मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । ‘आजबाट ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोग भएको छैन । ना ५ च १८१२ नम्बरको एम्बुलेन्स भाडामा लिएर हामीले मोबाइल क्लिनिकको सेवा आजैबाट सुरु गरिसकेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा