माओवादी पदाधिकारी बैठक : परिमार्जित प्रतिवेदनको विषयमा छलफल हुने

काठमाडौँ । राजधानीमा जारी केन्द्रीय समिति बैठक समापनको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, परिवर्तित प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको सचिव हितराज पाण्डेले जानकारी दिए ।
गत बुधबारदेखि सुरू भएको बैठकमा शनिबार केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बैठकमा बोल्न करिब ४१५ जनाले नाम टिपाएपनि २०० जना बोल्न बाँकी रहेको छ । उनीहरू सबैले बोल्ने आकांक्षा देखाए पछि बैठक शनिबार अबेरसम्म सञ्चालन गरिएको थियो । बोल्न नाम टिपाएका बाँकी सदस्यहरूले आज लिखित जवाफ दिने कार्यसूची रहेको सचिव पाण्डेले जानकारी दिए ।
शनिबार उपमहासचिव वर्षमान पुनले बैठक लम्बिने जानकारी केन्द्रीय सदस्यहरूलाई दिएका थिए । बैठक बस्ने ठाउँ र समय पदाधिकारीले निर्णय गर्ने भनिएको थियो तर अध्यक्ष प्रचण्डले सबैको धारणा समान आएको जानकारी दिँदै बाँकी सदस्यहरूको हकमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण