दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स

काठमाडौँ । नेदरल्यान्ड्स नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्यो ।
नेदरल्यान्ड्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको नवौँ मिनेटमै डच टोलीका लागि जिल रुर्डले पहिलो गोल गरेकी थिइन् । खेलको ६८औँ मिनेटमा लिनेथ बिरेस्टिनले अर्को गोल थप्दै नेदरल्यान्ड्सलाई सजिलै अन्तिम आठमा पुर्याइन् ।
नेदरल्यान्ड्स महिला विश्वकपको साविक उपविजेता राष्ट्र हो । नेदरल्यान्ड्स सन् २०१९ मा भएको आठौँ महिला विश्वकपको फाइनलमा अमेरिकासँग २—० गोलले पराजित भएको थियो । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
हालसम्म जारी महिला विश्वकपको क्वार्टरफाइनलमा पुग्ने तीनवटा टोलीको टुङ्गो लागिसकेको छ । नेदरल्यान्ड्सका अतिरिक्त स्पेन र जापान पनि अन्तिम आठमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल