धनगढी पुगेर स्वर्णिमले भेटे स्वतन्त्र मेयर हमाल
शनिबार, २० साउन २०८०, १८ : १९

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।
वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ,नागरिक सुरक्षा, सहरी सौन्दर्य जस्ता काम प्रेरणादायी रहेको बताएका छन्। उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंसा समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र