मणिपुरमा फेरि हिंसा, तीन जनाको मृत्यु
शनिबार, २० साउन २०८०, १४ : ३५

इमफाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । पछिल्लो हिंसामा दर्जनौँ घरमा आगजनी गरिएको र तीन जनाको मृत्यु भएको खबर छ। घटना विष्णुपुर जिल्लामा भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिए । मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।
यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । कुकी नागरिक समाज समूहका प्रवक्ताले हालै भएको हिंसात्मक घटनाबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।