लघुकथा– ‘नेतृत्व’

एउटा गाउँमा एकपटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा खन्याउँन थाल्यो ।
चराले आगोमा पानी हालेको देखेपछि गाउँलेहरू यो चराले कोसिस गर्छ भने हामीले किन सक्दैनौं भनेर तात्तिए । सबैले गाग्री भरेर पानी हाल्न थाले र आगो निभ्यो।
अर्को एउटा कागले यो सबै हेरिरहेको थियो । उसले चरालाई भन्यो, “तैइले पानी खन्याएर केही हुनेवाला त थिएन, फेरि पनि किन यस्तो जोस्सिएको ?”
चराले भन्यो, “मैले पानी खन्याएर केही भएको होस् या नहोस्, तर मलाई गर्व छ कि यो आगो निभ्यो। ठूलो नोक्सानीबाट गाऊँ बाच्यो। यो निभाउनमा मेरो होइन, गाउँहरुकै प्रमुख हात छ । तर पनि मलाई के मा खुसी छ भने– म पनि आगो निभाउनेमा गनिन्छु, तिमी जस्तो तमाशा हेर्नेमा होइन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा