समृद्धि फाइनान्सका ग्राहकलाई होटल ठमेल पार्कमा छुट
शनिबार, २० साउन २०८०, १२ : २८
काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच छुटबारे सम्झौता भएको छ ।
यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको छुट प्राप्त गर्ने छन् ।
त्यस्तै उक्त होटलमा स्पामा २०%, फुड, वेभरेज तथा कोठामा १५% छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?