मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा प्राविधिक शिक्षाको स्तर बढाउन टेक्निकल स्कुलले अष्ट्रेलियाको क्राउन इन्स्टिच्यूटसँग सहकार्य गर्ने

शनिबार, २० साउन २०८०, १२ : ०५
शनिबार, २० साउन २०८०

काठमाडौँ । काठमाडौँ टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाले आपसमा सहकार्य गर्ने भएका छन् । दुई कम्पनीबीच भएको समझदारीपत्र अनुसार नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसर दिलाउन सहकार्य गर्ने भएका हुन् ।

सम्झौतापत्रमा काठमाडौँ टेक्निकल स्कूलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले हस्ताक्षर गरे ।

यस समझदारीपछि काठमाडौँ टेक्निकल स्कूलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजीको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउने छ ।

काठमाडौं टेक्निकल स्कूलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आफ्नो स्कुलमार्फत या सम्झौताले नेपाली विद्यार्थीहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको स्पष्ट पारे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप