अप्पर लोहोरे खोलाको आईपीओ ३ गुणा बढी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
शनिबार, २० साउन २०८०, १० : ४४
![अप्पर लोहोरे खोलाको आईपीओ ३ गुणा बढी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ?](https://rpcdn.ratopati.com/media/albums/ipo-share-cartoon_jo021p2qPL_cfCFDu9hYw.jpg)
काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा ३.७१ गुणा बढी आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा मागभन्दा ३.७१ गुणा बढीको आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि भनेर १९ लाख ५३ हजार २५९ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा ६ लाख ३६ हजार लगानीकर्ताबाट ७२ लाख ६४ हजार ९४० कित्ता सेयरका लागि आवेदन परेको हो ।
हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा नबिकेको सेयरसहित थपेर सर्वसाधारणलाई बिक्री खुलाएको थियो । आईपीओमा आवेदन दिने मिति यही साउन २२ गतेसम्म छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाखको ३९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित