तराई मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनु पर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।
आज बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानको नेतृत्वमा प्रधानमन्त्री निवासमा सो ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको धारणा राखेका थिए ।
ट्याङ्करबाट भए पनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको उपाध्यक्ष खानले बताए । खानेपानी तथा सिँचाइको समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्न गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले भनेको उनले बताए ।
मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्न, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने, खडेरी सहितका प्राकृतिक प्रकोपहरूको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने माग सहितको ज्ञापनपत्र जनमत पार्टीले बुझाएको हो ।
तराई मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै जनमतले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई