आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

नियत जसको बिग्रेको छ

शनिबार, २० साउन २०८०, १० : ३६
शनिबार, २० साउन २०८०

नियत जसको बिग्रेको छ 
त्यसको आँखा पनि बिग्रिजाओस्
हो, यो त पटक्कै भन्दै भन्दिन म 
त्यसलाई अँध्यारोले सधैँ पिछा नलागोस् 

भ्रष्टाचारीले बेहोस तालले भ्रष्टाचार गरुन् 
जनतालाई धुरुधुरु रुवाइ छोडुन् 
तर, म यो त पटक्कै भन्दै भन्दिन
मर्ने बेला मुखमा स्याउ स्याउ किरा नपरी  न मरुन् 

माथि दुई अङ्गुल तल दुई अङ्गुल
टालो बेरुन् वा त्यो पनि नबेरुन्
तर, म त यो भन्दै भन्दिन प्रभु 
बलात्कारीको त्यस्ता माथि आँखा नपरोस् 

एकातिर भोकले तड्पी मरेका छन् 
अर्कोतिर पाँचतारे होटलमा मस्ती गरेका छन् 
यस्तालाई त म झन् पटक्कै भन्दै भन्दै कि
यिनीहरूको मृत्युको कारण अनिकाल न होस् ।

विराटनगर–१ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण रिजाल
किरण रिजाल
लेखकबाट थप