योजना कार्यान्वयनमा तिला गाउँपालिका अब्बल

जुम्ला । जुम्लाको तिला गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये योजना कार्यान्वयमा अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले जानकारी दिए।
आर्थिक वर्ष २०७९-८० को आयव्यय, योजनाको विवरण र वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले कूल अनुमानित बजेटको रु ४३ करोड ९८ लाख ७९ हजार पाँच सय ८४ पालिकाले खर्च गरेको छ । चालु खर्चतर्फको बजेट रु ३२ करोड ७९ लाख पाँच हजारमध्ये २८ करोड ७९ लाख ६६ हजार एक सय ७१ अथवा ८७ दशलव ७२ प्रतिशत खर्च भएको छ ।
पूँजीगत खर्चको बजेट रु २७ करोड ८१ लाख पाँच हजारमध्ये रु १५ करोड २४ लाख ४१ हजार सात सय ६३ अथवा ५६ दशमलव २८ प्रतिशत गरी जम्मा चालु र पूँजीगत गरी ७३ दशमलव ४७ प्रतिशत जम्मा खर्च भएको छ । सो बजेटबाट सङ्घीय सरकारलाई रु एक करोड ६९ लाख ७८ हजार आठ सय ६८ र प्रदेश सरकारलाई रु ६१ लाख ८० हजार दुई सय ५० खर्च हुन नसकी फिर्ता गएको छ ।
गाउँपालिकाको गत वर्ष बाँकी रहेको रकम रु दुई करोड ४४ लाख १५ हजार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । गाउँपालिकाले आन्तरिक राजस्व स्रोत रु २४ लाख सङ्कलन गर्ने अनुमान रहेकामा रु १८ लाख ७६ हजार पाँच सय तीनमात्र राजस्व सङ्कलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ । गत आव २०७९-८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । सङ्घ प्रदेश र पालिकाको आफ्नै लगानी र विभिन्न चारवटा अनुदानका शीर्षकबाट कूल एक सय ६७ वटा योजना छनोट गरिएकामध्ये असार मसान्तसम्म एक सय ६१ वटा योजनाको निर्माण सम्पन्न भएका छन् । चारवटा योजना सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए ।
सङ्घीय विशेष अनुदान र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयनमा आएका गौरवका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासीसम्म तटबन्धन निर्माण, लाटिका थानदेखि लर्मी गाउँसम्म सडक निर्माण, कुडारी बजारदेखि डुङ्गीसम्म सडक स्तरोन्नति, राँसादेखि नदैगुफा सडक निर्माण, घोडेसिम खानेपानी आयोजना निर्माण, घोडा ज्युलादेखि गाडापारि सिँचाइ कुलो निर्माण, दश शय्या अस्पताल निर्माणाधीन अवस्था, मानेचौर मावि पक्की भवन निर्माण, सरस्वती मावि, सेतिबाडा मावि, ज्योति मावि, देउराली मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएको तिला गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाले जानकारी दिए ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरवीर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नुपर्ने बताए । तिला गाउँपालिका निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढाले स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय सरकारले विकासमा गति लिने बताइन्। जनताको आवश्यकताअनुसार सेवाप्रवाहलाई सशक्तरुपमा गाउँकेन्द्रित गरिने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको भनाइ छ । स्थानीय सरकार गठनपश्चात् भौतिक पूर्वाधार क्षेत्रका संरचनागत विकासमा तिलाले उल्लेख्य सफलता हासिल गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताए।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका निर्माण, शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रका बारेमा जिज्ञासा, सुझाव राखेका थिए । सहभागीले प्रश्न स्थानीय सरकारको काम कारबाहीबारे प्रश्नसमेत राखेका थिए । सहभागीले सेवाप्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाव राखेका छन् । प्राप्त सकारात्मक सुझावलाई ग्रहण गरी विषयगत रुपमा कार्यान्वयन गरिने गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव