सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
लघुकथा

मन दुखेको औषधी

शनिबार, २० साउन २०८०, ०७ : १०
शनिबार, २० साउन २०८०

कुरा गर्ने खासै कोही छैनन् । मोबाइल बोक्नु पनि बेकार लाग्न थालेको छ । फोन कसैको आउने होइन । खल्लो र एक्लोपनको आभास भइरहेछ अचेल ।

अचानक हिजो एउटा नयाँ नम्बरबाट फोन आयो । तरकारी पकाउँदै थिएँ । बाबा फोन आयो भन्दै मोबाइलमा कार्टुन हेर्दै गरेको छोराले मोबाइल थमायो । उठाउनु कि नउठाउनु दोधार हुँदै फोन उठाएँ ।

‘हाई के छ ?’ प्रश्न तेर्सियो । 

के छ को जवाफमा सुनाउन खास केही थिएन । कस्तो छ सोधेको भए सुनाउने थिएँ विगतदेखि वर्तमानको हाल । 

हाइ भन्ने बित्तिकै चिनिहाले, फोन उही खुसीको थियो । जसले मलाई दुःखी बनाएर छोडेकी थिई । झन्डै दशकपछि उसले अचानक फोन गरिछ । 

सामान्य भलाकुसारी भए । दैनिक फोनमा घन्टौँ बोल्ने मलाई आज बोल्ने कुनै कुरै नभए झैँ भइरहेको थियो । बोल्न खोजेर पनि केही अड्केजस्तो भइरहेको थियो ।

कताबाट आज अचानक किन फोन गरी कुन्नि, खुल्दुली भो ।

उसले भनी, ‘आज खुब मन दुखेको छ । मेरो मन खुब दुखाएको छ कसैले । मन दुखेको औषधि के होला ?’

म के भनौँ, वर्षौँदेखि मन दुखाएर जानेलाई म कुन औषधी पो सुझाऊँ ।

‘यहाँ आफ्नै मन घायल छ, मन बेचैन छ । मन दुख्दाको पीडा बल्ल महसुस गर्‍यौ तिमीले ? देखाइको भन्दा भोगाइको पीडा अकल्पनीय हुन्छ नि । भो, पत्थरसँग मणिको अपेक्षा नगर ।’ 

मैले यति भनी नसक्दै फोन राखिसकिछ उसले ।

तारकेश्वर गापा, नुवाकोट, हालः पोखरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल खनाल
गोपाल खनाल
लेखकबाट थप