मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेशका विद्यार्थी सधैं चिट चोरेर पास हुन्छन् भन्ने गलत भ्रम फैलाइयो : उपकुलपति शाक्य

मधेश प्रदेशकै उत्कृष्ट्र विद्यार्थी रेयान अन्सारीलाई सम्मान
शुक्रबार, १९ साउन २०८०, २२ : ५८
शुक्रबार, १९ साउन २०८०

बारा । मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्यले  मधेशका विद्यार्थीहरुले सधै चिट चोरर पास हुन्छन् भन्ने गलत भ्रम फैलिएको बताएका छन् ।

शुक्रबार शुभारम्भ कलेज सिमराबाट बिबिएस दोस्रो वर्षमा उत्तीर्ण भएका विद्यार्थीहरुको सम्मान कार्यक्रममा बोल्दै मधेश विश्वविद्यालयका उपकुलपति शाक्यले सरकारले मधेशका कलेजहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्न कोर्स अनुमति लिन जाँदा पढाउने शिक्षक छन् ? किन चाहियो चिट चोरेर पास भइहाल्छन् नि भन्ने खालको जवाफ दिने गरेको बताए ।  

‘हामीले कलेजमा कोर्स माग्न जाँदा मधेशमा क्वालिटी शिक्षा चाहिन्छ, शिक्षक छन्  र ? मधेशको विद्यार्थीहरु सधै चिट चोरेर पढ्छन् भन्ने हामी माथि दाग छ’ उपकुलपति शाक्यले भने, ‘यो दागलाई मेटाउन र आफ्नै कोर्स सञ्चालन गर्न हामीले मधेश विश्वविद्यालय खोलेका हौ, अब हामीले हाम्रो आवश्यकताका आधारमा कोर्स पढाउन सक्छौ ।’  

उपकुलपति शाक्यले पर्साको वीरगञ्जस्थित ठाकुरराम क्याम्पस त्रिभुवन विश्वविद्यालय भन्दा पनि जेठो भएपनि समय सापेक्षा शिक्षा दिन नसकिएको र ४० वर्षदेखि निरन्तर एउटै विषय पढाई भइरहेको टिप्पणी गरेका छन् । ‘हामी सधैं त्यहि पुरानो शिक्षा पढेर नयाँ उपलब्धि खोज्छौ त्यो गलत हो’ शाक्यले भने । 

ठाकुरराम क्याम्पस बिस २००९ सालमा त्रिवि २०१६ सालमा खुलेको हो । शाक्यले यसअघि ३५ वर्ष ठाकुराम क्याम्पसमा अध्यापन गराएका प्रध्यापक हुन् । 

मधेश प्रदेशकै उत्कृष्ट विद्यार्थी रेयान अन्सारीलाई सम्मान 

सिमरास्थित शुभारम्भ कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी व्यवस्थापन संकायमा मधेश प्रदेशमै उत्कृष्ट नतिजा ल्याउने जीतपुर सिमरा वडा नं ५ बकुलियाका  रेयान अन्सारीलाई सम्मान गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलिया घर भएका अंसारी स्नातक तह दोस्रो वर्षको परीक्षामा ७७ प्रतिशत अंकका साथ उतिर्ण भएका थिए ।

d4

नेपालभरिमै उत्कृष्ट १० भित्र पर्न सफल अन्सारी र उनका बुवा आसमहम्मद अन्सारीलाई कलेजले सम्मान गरेको हो । कलेजले अन्सारीसहित दोस्रो वर्षको परीक्षामा उत्तिर्ण भएका २२ विद्यार्थीलाई समेत सम्मान गरेको छ । दोस्रो वर्षको परीक्षामा शुभारम्भ कलेका ६ जना विद्यार्थी प्रथम र १६ जना विद्यार्थी द्धितीय श्रेणीमा उत्तिर्ण भएका थिए ।

कलेजले प्रथम श्रेणीमा उत्तिर्ण रेयानसहित आरिफ अन्सारी, आदित्य चौरसिया, शकुन्तला गुप्ता, किरण अर्याल, उज्वल पौडेल, द्धितीय श्रेणीमा उत्तिर्ण उमेश दास, दिलिप मिश्र, रोशन गुप्ता, उमादेवी अधिकारी, निशा मगर, चन्देश्वर चौधरी, अमृता भट्ट, रिंकु गुरुङ, विवेक ढुंगेल, दुर्गा नेपाल, रवि रौनियार, नन्दन चौधरी, रिंकु चौधरी, आशिष उपाध्याय, निशाकुमारी चौधरी र सुरज जमकटेललाई सम्मान गरेको छ ।

शुभारम्भ कलेजमा अध्ययनरत छात्र रेयान अंसारी जीतपुर सिमरा ५ बकुलियाका हुन् । उनका बुवा आसमहम्मद अन्सारी लुगा सिलाउने काम गर्दछन् । लुगा सिलाएर आफ्नो जिविकोपार्जन गर्दै आएका अन्सारीले आफ्नो सन्तान मधेश प्रदेशमै उत्कृष्ट्र भएको खबरले अत्यन्तै खुशी लागेको बताए । 

d3

स्नातक तह पहिलो वर्षको परीक्षामा ६८ प्रतिशत अंकसहित उतिर्ण गरेका रेयानले दोस्रो वर्षमा ७७ प्रतिशत अंक प्राप्त गरेका हुन । उनले प्राप्त गरेको अंक नेपालकै उत्कृष्ट दशौंमा पर्छ । नेपालकै उत्कृष्ट हुने बुटवलका छात्रले ८४ प्रतिशत अंक ल्याएका छन् । बिहान कलेजमा अध्ययन गर्दै आएका अन्सारी दिउँसोको समयमा जीतपुरका दुई निजी विद्यालयमा अध्यापन गराउँछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप