प्रदेशको खडेरी निराकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मुख्यमन्त्री यादव
![प्रदेशको खडेरी निराकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मुख्यमन्त्री यादव](https://npcdn.ratopati.com/media/news/madhesh_syjcZdYGxP.jpg)
जनकपुरधाम । मधेस प्रदेशमा देखिएको सुख्खाको समस्याबारे सरोकारवालाबीच छलफल भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारी, सिँचाइ, खानेपानी, कृषि मन्त्रालयका पदाधिकारीहरूसँग प्रदेशको खडेरी एवं पिउने पानीको समस्या र समाधानबारे छलफल गरेका हुन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको र रोपाइँ भएका ठाउँमा समेत सुक्न लागेको भन्दै संघीय सरकारसँग समन्वय गर्न सुझाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरूले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन गर्न आवश्यक रहेको बताएका थिए । उनीहरुले हिउँदे बालीको लागि जोड दिनुपर्ने समेत सुझाव दिए ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) जनक भट्टराईले आफूहरु विपद्को तयारीमा जुटेपनि यसपटक सुख्खा र पिउने पानीको समस्या आएको बताए । उनले यसको निराकरण नगरेमा भयावह समस्या आउनसक्ने बताए ।
ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव अरुणलाल कर्णले सरदर २५ देखि ३० प्रतिशत ट्युबवेल सुकेको जानकारी दिए । उनले यसको निराकरणका लागि दीर्घकालीन तथा अल्पकालीन उपायहरूबारे जानकारी गराएका थिए ।
ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुनकोसी कमला मरिन डाइभर्सन परियोजना राम्रो विकल्प हुने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेलगायतको धारणा सुनिसकेपछि मुख्यमन्त्री यादवले खडेरीको समस्या निराकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार