सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न सक्दैन : सांसद श्रेष्ठ

शुक्रबार, १९ साउन २०८०, १८ : ४४
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका छन् ।  

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका हुन् । उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए । 

सांसद श्रेष्ठले सुन तस्करी प्रकरणलाई सरकारले खेलाँची गरिरहेको बताए । उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सांसद श्रेष्ठले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप