कांग्रेस लुम्बिनीले भदौको पहिलो साता प्रशिक्षण दिने
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रवार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
नवलपरासी (पश्चिम)मा आयोजना गरिने प्रशिक्षणलाई वरिष्ठ नेता डा शेखर कोइराला लगायतका शीर्ष नेताहरू सम्बोधन गर्ने जनाइएको छ ।
लुम्बिनी काँग्रेसका सभापति अमरसिंह पुनले समय अनुकूल पार्टी सङ्गठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको बताए ।
उनले प्रशिक्षणपछि पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र साङ्गठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने बताए । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा आयोजना गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात