इपिजी प्रतिवेदन सार्वजनिक भए नेपाल–भारतबीचको धेरै समस्या समाधान हुन्छः ज्ञवाली
शुक्रबार, १९ साउन २०८०, १७ : ०१

काठमाडौँ । एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि इपिजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताए । तर विभिन्न बहानामा त्यसलाई नबुझ्ने काम भइरहेको उनको भनाइ छ ।
इपिजी प्रतिवेदनमा उल्लेख सुरक्षा व्यवस्थालाई लिएर भारत झस्किएका हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ । उनले प्रतिवेदन कार्यान्वयन भए दुई देशबीचको धेरै समस्या समाधान हुनसक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न