भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई
शुक्रबार, १९ साउन २०८०, १५ : ४८
काठमाडौँ । एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् । इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले प्रश्न समेत गरे ।
दुवै देशको हितमा प्रतिवेदन तयार भएको बताउँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देश एकजुट हुनुपर्ने धारणा राखे । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’
भट्टराईले इपिजी तयार गर्दा दुवै देशको सहमतिमा प्रतिवेदन तयार पारिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू
-
अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प
-
वेस्ट इन्डिजको दूर्भाग्य, थोरै अन्तरले बंगलादेशसँग पछि पर्दा विश्वकपमा छनोट हुन सकेन
-
गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड
-
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
-
माइतीघर–नयाँबानेश्वर सडक खण्ड प्रयोग गर्ने सवारी चालक वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह