सुन प्रकरणमा महराले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्छ : लेखनाथ दाहाल
शुक्रबार, १९ साउन २०८०, २२ : १५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका हुन् ।
‘दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि उहाँले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’
बैठकमा पदाधिकारीका तर्फबाट बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू पनि सच्चिने र पार्टीलाई पनि सच्चाउँदै लैजाने प्रतिबद्धता जनाए । शुक्रबार बोल्ने धेरैजसो नेताले केन्द्रीय समितिको संख्या २ अंकको बनाउनुपर्ने सुझाव समेत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने