थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरसहित)
_0LWWKX6rJk.jpg)
काठमाडौँ । थापाथली क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।
सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् । संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् ।
सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको छ । त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले इन्जिनियरिङ क्षेत्रमा लगानी बृृद्धि गर्नुका साटो विद्यार्थीबाटै असुल गर्न खोजेको आरोप लगाए । सरकारले सहुलियतमा विद्यार्थीहरूलाई इन्जिनियरिङ पढाउनुपर्नेमा विद्यार्थीबाटै महंगो श्ल्क लिएर पढाउन खोजेको छ । यसमा हाम्रो खोर आपत्ति छ । सभापति शाहीले भने ।
थापाथली क्याम्पसको स्थानान्तरण गर्नुपर्नेमा सरकार बेवास्था गर्दै बसेकाले खबरदारी गर्नुपरेको उनको भनाई छ । २०७२ सालमा गएको भुम्कपछि थापाथली क्याम्पस स्थानान्तरण गर्ने कुरा भएको थियो । त्यसका लागि कीर्तिपुरस्थित त्रिवि परिसरमा जग्गा समेत उपलब्ध गराइएको छ । तर, लामो समय हुँदा सम्म सरकारले स्थानान्तरणको लागि कुनै पहल गर्न गर्न सकेको छैन् ।
जति सक्दो थापाथली क्याम्पस स्थानान्तरण गर्नुपर्ने सभापति शाहीले बताए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय