तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो ।
बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् ।
५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनकाअनुसार बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइनेछ । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित
-
युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने