मनकामना इन्जिनियरिङले २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने
![मनकामना इन्जिनियरिङले २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने](https://rpcdn.ratopati.com/media/albums/ipo-share-cartoon_jo021p2qPL_cfCFDu9hYw.jpg)
काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो ।
साथै स्थानीय बासिन्दाहरूका लागि कम्पनीले बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सेयर समेत बिक्री गर्ने जनाएको छ । यसरी स्थानीय सर्वसाधारणका लागि कम्पनीले कूल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०५ अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो ।
कम्पनीको सेयरका लागि इच्छुक लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलामा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान