सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, समीक्षा अवधिमा बैंकले खुद नाफा २३.९७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ कमाएको बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष १ अर्ब ३५ करोड ९८ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको बैंकको यसपटक ४१.४८ प्रतिशतको गिरावट आएको हो । बैंकको खराब कर्जा बढेर २.०१५ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन