सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो
काठमाडौँ । सानिमा बैंकको नाफा अघिल्लो वर्षको भन्दा २५.१४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा कठिन आर्थिक स्थिति, लगानी घट्दा समेत बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफा बढ्न पुगेको हो । बैंकले आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ३९.५१ प्रतिशतले ब्याज आम्दानी बढाउँदै ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता सञ्चालन नाफातर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा २७.९७ प्रतिशतले सञ्चालक नाफा वृद्धि गरेको बैंकले ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ कमाएको छ ।
यद्यपि, नाफाको केहीँ प्रतिशत प्रोजिनिङ गर्नुपदा बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा १५.३५ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७४ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन
-
नेपालमा लसुनको अस्वाभाविक आयात