भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् ।
उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनले भने–‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’
घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अधिकारीले बताए । त्रिभुवन विमाानस्थल भन्सार कार्यालययका अनुसार रुक्मिनाको भन्सार एजेन्ट नम्बर–१०३१ हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतबाट बन्यो प्रधानन्यायाधीशको ‘नक्कली भेरिफाइड’ एक्स अकाउन्ट
-
इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय
-
बनेपाको होटलमा युवती मृत फेला
-
सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’
-
दक्षिण कोरियाको अदालतद्वारा कार्यवाहक राष्ट्रपतिको न्यायाधीश नियुक्ति असंवैधानिक ठहर
-
विद्युत् महसुल नतिर्नेको लाइन काटियो