बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

युवती प्रयोग गरेर ‘हनिट्रयाप धन्दा’ चलाउने ४ जना ललितपुरबाट पक्राउ

बिहीबार, १८ साउन २०८०, २२ : १०
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । युवतीलाई प्रयोग गरेर ‘हनिट्रयाप धन्दा’ चलाएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । ३ जना युवक र एकजना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा झापा घर भएकी २४ वर्षीया अनिता मगर उर्फ सिया मगर, सिन्धुपाल्चोक घर भएका दिपक पराजुली, २७ वर्षीय बिमल सुवेदी र २४ वर्षका सरोज तिमिल्सेना छन् । 

अनिता मगरले सामाजिक संजाल ९फेसवुक० मार्फत फ्रेन्ड रिक्वेस्ट पठाएर कुरा गरेर पुरुषहरुलाई प्रभावमा पार्ने गरेकी थिइन् । पुरुषलाई ‘रिलेसनमा बस्ने’ कुरा गरेर भेट्न बोलापछि उनले केटाहरु बोलाएर पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनिता बानेश्वरमा बस्दै आएकी छन् । 

आरोपितहरुलाई ३ लाख रकम बार्गेनिङ गरिरहेको अवस्थामा बालकुमारीस्थित बर्गर हाउसबाट पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । अनिताले पीडितहरुलाई होटलमा बोलाउने र सामान्य कुरा गरेर बाहिर निस्केपछि केटाहरुले फोन गरेर धम्कि दिएर पैसा माग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

पीडितलाई धम्क्याउन दिपक पराजुलीले पत्रकारको भूमिका खेल्ने गरेका थिए । उनले आफूलाई ‘गृह मन्त्रालयको प्रेस सल्लाहारका हुँ’ भेर परिचय दिने र तर्साउने गरेको अनुसन्धानबाट थाहा भएको छ । बिमल सुवेदीले म्यासेज र भेट गरेर ब्ल्याकमेल गर्ने गरेका थिए ।

राइड सेयरिङको पेशा गर्ने सरोज तिमल्सेनाले पीडित र युवतीबीच भेट हुँदा बाहिर बसेर निगरानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले ३ लाख २५ हजार नगद बुझिसकेको खुलेको छ ।

आरोपितहरु बिरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमाा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी शाहले जानकारी दिए । उनीहरुबिरुद्ध दुईजनाले जाहेरी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?