नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन : पूर्वसभामुख ढुंगाना

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताएका हुन् । उनले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए ।
ढुंगानाले गणतन्त्रमा जनताको हित हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताए । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उनको भनाई छ । उनले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताए ।
ढुंगानाले गणतन्त्रमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताए । यी दुई प्रकरणलाई देखाउँदै उनले जनसंस्था र जनताको शासन यस्तो हुन्छ भन्ने प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन