बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारले विश्व बैंक र एडीबीसँग १५ अर्ब ७५ करोड आर्थिक सहायता लिने

बिहीबार, १८ साउन २०८०, १६ : ५०
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब ६२ करोड रुपैयाँ र एसियाली विकास बैंक (एडीबी)सँग १३ अर्ब १३ करोड रुपैयाँ आर्थिक सहायता स्विकार्ने भएको छ । 

मंगलबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

यसैगरी, स्ट्रेन्थिनिङ्ग पब्लिक फाइनान्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट सर्भिस डेरिभरी कार्यक्रम, उपकार्यक्रम एकको लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर करिब १३ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत भएको सरकारको प्रवक्ता एवम् सूचना तथा विविध मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

यसको अलावा दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरूको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर अर्थात् करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता समेत स्विकार्ने सरकारले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप